Advertisement

 

 

Poem Express your felling

Category: Love Poem   

कबिता / मुक्तक  


"कसरी ? ? "   Share

 

म आफै बेसहारा
तिमीलाई सहारा कसरी दिनु
आफ्नै आंसु भारी छन
तिम्रा कसरी पिउनु
आफै मृत्यु कुर्दै छु
तिम्रो लागि कसरी जिउनु

राम्रो हुन्न बगरमा रोपिएको फूल
चन्द्रमा तल झर्नु हुन्छ नि भूल
तिम्रो सुन्दर भबिष्य किन फुटाउनु
देवता राख्ने मंदिर कसरी जुटाउनु
पीड़ा थपी तिम्रो मन किन दुखाउनु

तिमी तस्बीर बन
म पूजा गरौला
तिमी आकाश मै बस
म हेरी रहुला
मेरो खाडलमा किन तिमी आउनु
बंजर मा ब्यर्थई किन धाउनु
अधेरो भई डूब्ने माया किन लाउनु

म आफै बेसहारा
तिमीलाई सहारा कसरी दिनु
आफ्नै आंसु भारी छन
तिम्रा कसरी पिउनु
आफै मृत्यु कुर्दै छु
तिम्रो लागि कसरी जिउनु

 

बिबेक ओझा - डेनमार्क


 



Read more Love Poem


Love n view

Candle Love

Lets Make Love

पानाको संसार

"आशा"

"मेरो मायातिमिलाई"

"तिम्रो आगमन"

"तिम्रो आँखामा"

I Love U

कति प्यारो छौ तिमी

गन्तब्य तिमी नै हौ

तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु

उनको प्रश्न मेरो जवाफ


Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement